विपिन जोशीको निधनप्रति सभामुखद्वारा दु:ख व्यक्त
काठमाडौँ । विपिन जोशीको निधनप्रति प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दु:ख व्यक्त गरेका छन् ।
उनले मंगलबार इजरायलमा अध्ययनरत रहँदा हमासको आक्रमणपश्चात् अपहरणमा परेका नेपाली विद्यार्थी जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताए । उनको निधनले परिवारलाई मात्र नभई सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको सभामुख घिमिरेले बताए ।
विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । सभामुखको तर्फबाट पनि विभिन्न संसदीय फोरमसँगै कुटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ,घिमिरेलेले भने ।
देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक रहेको उनले बताए ।
उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले आगामी दिनमा नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण