बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दयादाइसँग टकराब लिन कठिन भयो : विजय बराल

बुधबार, २९ असोज २०८२, ०९ : १५
बुधबार, २९ असोज २०८२

सारांश

  • अभिनेता विजय बरालले दयाहाङ राईसँगको घम्साघम्सी चुनौतीपूर्ण रहेको बताए।
  • वरिष्ठ बलराम बन्ने सोचको कथामा आधारित फिल्ममा बराल र राईको मुख्य भूमिका छ।
  • फिल्ममा विजय बराल, दयाहाङ राई, र अन्य कलाकारको अभिनय रहेको छ, जसलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।

काठमाडौँ । अभिनेता विजय बरालले फिल्ममै भएपनि दयाहाङ राईसँग घम्साघम्सी र टकराब लिन केही कठिन भएको बताए । फिल्म ‘वरिष्ठ बलराम’मा आफ्नो र दयाहाङको घम्साघम्सी कथामा निर्माण भएको उनको भनाई छ । फिल्म सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको उनी बताउँछन् । 

‘कथा अनुसार अग्रज र मैले मान्ने दयादाइ घम्साघम्सी गर्नुपर्ने थियो । के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अप्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थेँ’, उनले थपे ‘अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुने रहेछ ।’ दयादाइले म भन्दा पनि पात्र सोचेर गर भनेपछि झनै सजिलो भएको उनले सुनाए । 

फिल्ममा कसको नाम वरिष्ठ बलराम हो ? भन्ने विषयमा भने विजयले केही खुलाउन चाहेनन् । भने , ‘फिल्मको मुख्य विषयवस्तु त्यही हो ।’

फिल्मको ट्रेलर हेर्दा वरिष्ठ बलाराम विजय नै हो कि भन्ने अनुमान गर्न सकिन्छ । तर, फिल्ममा आफ्नो नाम बलेमात्र भएको उनले स्पष्ट पारे ।

फिल्ममा विजयको अलवा दयाहाङ राई, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन् । फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप