एमाले केन्द्रीय सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै
सारांश
- एमाले केन्द्रीय कमिटी बैठक भदौ २३ र २४ को जेनजी आन्दोलनबारे धारणा बनाउन बसेको छ।
- बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमा समसामयिक राजनीतिबारे उल्लेख छ।
- बैठकमा आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने र 'फ्रेस म्यान्डेट' लिने विषयमा निर्णय हुनेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन एमाले केन्द्रीय कमिटीको बोलाइएको हो ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएका छन् । उक्त प्रतिवेदनमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय छुट्टाइएको छ ।
यसैगरी अलोकतान्त्रिक ढङ्गले अन्तरिम सरकारको गठन,असंवैधानिक ढङ्गले संसद्को विघटन र यसका असरका बारेमा पनि ओलीको प्रतिवेदनमा समेटिने नेताहरूको भनाइ छ । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषय उल्लेख हुनेछन् । प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ ।
नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने अपेक्षा केन्द्रीय सदस्यहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण