कांग्रेसले भन्यो–'निर्वाचनको तयारी सुरु गर्छौँ'
सारांश
- श्यामकुमार घिमिरेले कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।
- घिमिरेले निर्वाचनबाट भाग्ने कुरा नहुने र सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए।
- उनले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदम चाल्ने बताएका छन्।
काठमाडाैँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताए।
लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने घिमिरेले बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । वर्तमान सरकार र संसद् विघटन भने असंवैधानिक रहेको उनको जिकिर छ । सर्वोच्च अदालतमा संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरू चाल्ने उनले बताए ।
उनले भने, ‘लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौँ । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’
उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण