तिल्केनी–सिमलगोलाई सडक सञ्चालनमा
सारांश
- मेची राजमार्गको विकल्पको रूपमा तिल्केनी-सिमलगोलाई सडकखण्ड सञ्चालनमा आएको छ।
- इलामको जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेपछि साना सवारीसाधन सञ्चालन सुरु भएको छ।
- राजमार्ग अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङका यात्रुलाई सहज भएको छ।
फिक्कल । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो ।
उक्त सडकमार्फत साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,’ उनले भने, ‘आज साँझदेखि साना सवारी साधन परीक्षणका रुपमा सञ्चालन गरिएको छ ।’
उनका अनुसार जोगमाई खोलामा १० वटा ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट तीन टुक्रा खोलामा विच्छ्याएर पानी कटाइएको छ ।
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी– सिमलगोलाई सडकखण्ड छनोट गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको हो ।
१२ औँ दिनमा वैकल्पिक सडक सञ्चालन गर्न गरिएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा झर्ने यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको हो ।
ठूला तथा मालबाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताइन् । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।
वर्षासँगै आएको पहिरो झरेपछि विगत १२ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण