नेप्से परिसूचक १८.४० अंकले घट्यो, ३ अर्ब १९ करोडको कारोबार
सारांश
- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा २३.५९ अंकको गिरावट आएको छ।
- आज ३ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो, जसमा ७५ लाख कित्ता सेयर समावेश थिए।
- आज हिमालयन पावर पार्टनरले सबैभन्दा धेरै कमाए भने समाज लघुवित्तले धेरै गुमाए।
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा १८.४० अंकको गिरावट आएको छ। कारोबार बन्द हुँदा नेप्से सूचक २४८७.१७ विन्दुमा पुगेको छ।
आज बजारमा कुल ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ ७६ पैसा बराबरको सेयर कारोबार भएको छ। यसमा ७५ लाख १५ हजार १७८ कित्ता सेयर समावेश छन् । ३०९ स्क्रिपका ३५ हजार ८३७ वटा कारोबारमार्फत उक्त कारोबार भएको हो ।
आज बजारमा ३७ वटा कम्पनीको मूल्य बढेको छ । २०४ वटाको मूल्य घट्दा ८ वटाको स्थिर रहेको छ । आज बैंकिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिँदा अन्य समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट अन्य समूहमा देखिएको छ ।
आज हिमालयन पावर पार्टनरले सबैभन्दा धेरै अर्थात् ९.९३ प्रतिशत कमाउँदा समाज लघुवित्त नकारात्मक सर्किटसहित सबैभन्दा धेरै गुमाउने स्क्रिप बनेको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा मुक्तिनाथ विकास बैंक रहेको छ, जसको १५ करोड २२ लाख बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ६४ लाख, शिवम् सिमेन्ट्स ११ करोड २६ लाख हिमालयन रिइन्स्योरेन्सको ९ करोड ४२ लाख बराबरको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण