राजनीति
दल विभाजन रोक्न माग गर्दै सर्वोच्च पुगे सीके राउत
बिहीबार, ३० असोज २०८२, १७ : १४
सारांश
- जनमत पार्टीका अध्यक्ष सिके राउत दल विभाजन रोक्न सर्वोच्च अदालत पुगेका छन्।
- उनले पार्टी विभाजन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्।
- उपाध्यक्ष दीपक साहको नेतृत्वमा २० प्रतिशत सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत दल विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिट बिहीबार दर्ता भएको छ ।
दर्ता भएको रिटको पहिलो पेसी शुक्रबार तोकिएको छ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण