निःशुल्क शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया
सर्लाही । सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
बिहीबार सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए ।
यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए ।
शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो ।
मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको भन्दै गाउँमै निःशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया विवीकुमारी मोक्तानले बताइन् ।
नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो ।
शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए ।
यसैबीच शिविर समापनको अवसर पारेर तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटनसमेत गरिएको छ ।
यस क्षेत्रका नागरिकलाई सुविधा पुर्याउने उद्देश्यसहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा स्थापना भएको केन्द्रको विधिवत उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवन कर्मैयाबाट सेवा प्रवाह हुने गरी केन्द्रको उद्घाटन गरिएको उनले बताइन् ।
केन्द्रमा कम्प्युटर विधिबाट आँखा जाँच गर्नेदेखि चश्मा बनाएर वितरण गर्ने तथा मोतियाबिन्दुको शल्यक्रिया गर्नेसम्मको सुविधा प्रदान हुने सहयोगी संस्थाकी नेपाल निर्देशक पुनम भण्डारीले बताइन् ।
शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जनलगायत स्थानीयको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण