कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि समसामयिक राजनीतिक विषयमा नेताहरुले धारणा राख्ने
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्दै आएका छन्।
- हिजोको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराए।
- बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए भने सदस्यहरूले आ-आफ्नो धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । आज बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानका।री दिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव पौडेलले बताए ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए ।
यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण