राजनीति
एमाले केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्ष ओलीले आजै जवाफ दिने तयारी
शुक्रबार, ३१ असोज २०८२, ०८ : ३१
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ, जहाँ नेताहरूले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दैछन्।
- बिहीबार दोस्रो दिन १४७ केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए भने बुधबार ५० जनाले राखेका थिए।
- बैठकमा सदस्यहरूलाई तीन मिनेटको समय दिइएको छ, र पदाधिकारीले पनि धारणा राख्नेछन्, अध्यक्ष ओलीले जवाफ दिनेछन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।
पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण