प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्छ : महेश बस्नेत
काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल'प्रचण्ड'माथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् ।
जेनजी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।
बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधीनतका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए ।
सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध सडक सङ्घर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनको भनाइ छ ।
पार्टी भित्र एकताको आवश्यकता रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण