विद्या भण्डारीको सदस्यता नवीकरण गर्न योगेशको माग
शुक्रबार, ३१ असोज २०८२, १७ : ०२
सारांश
- एमाले सचिव योगेश भट्टराईले विद्यादेवी भण्डारीलाई सम्मानजनक स्थान दिनुपर्ने बताए।
- भट्टराईले भण्डारीको सदस्यता परिवर्तन गर्नुपर्ने धारणा राखे।
- उनले पार्टीभित्र एकताको आवश्यकता रहेको उल्लेख गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता बारेको निर्णय परिवर्तन गर्दै सम्मानजनक स्थान दिनुपर्ने बताएका छन् ।
१० औँ केन्द्रीय कमिटी बैठकमा आफ्नो मत राख्दै सचिव भट्टराईले भण्डारीको सदस्यता जेसुकै कारणले रोकिए पनि यो निर्णय परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘उहाँको अनुभव र भूमिकामार्फत पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन हामी सबै एकमत हुनुपर्दछ’, भट्टराईले भनेका छन् ।
भट्टराईले संविधान र व्यवस्था मात्रै होइन देश, पार्टी र आन्दोलन समेत गम्भीर सङ्कटमा परेकाले पार्टीभित्र असाधारण एकताको जरुरी रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण