फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
सारांश
- चलचित्र 'मन बिनाको धन' कात्तिक २१ गतेबाट प्रदर्शन हुने भएको छ, जसको नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
- पोस्टरमा मुख्य अभिनेता अशोक दर्जीलाई आँसु र हाँसोको मिश्रणमा देखाइएको छ, जसले उनको संघर्ष र सफलताको कथालाई संकेत गर्छ।
- टंक बुढाथोकी निर्देशित फिल्ममा सरोज खनाल, निता ढुङ्गाना, र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म हो ‘मन बिनाको धन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्मका मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको पोस्टरमा आँसु र हाँसोको मिश्रण देखिन्छ ।
अशोक ओठमा हाँसोसहित आँखाबाट अश्रुधारा बगाउँदै देखिएका छन् । यसले फिल्ममा अशोकको सङ्घर्ष र सफलताको कथा रहेको सङ्केत गर्छ । फिल्मका निर्देशक टंक बुढाथोकी हुन् ।
पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई पनि देख्न सकिन्छ । बुद्धि सेक्युरिटी गार्डको पोसाकमा देखिएका छन् भने निता सहितका कलाकारहरू गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरमार्फत पात्रहरूको मनोदशालाई प्रस्तुत गरिएको निर्देशक बुढाथोकीले बताए ।
‘कथा जिरोदेखि हिरोसम्म’ को ट्यागलाइन राखिएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।
सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मको विष्णुमाया मैनाली निर्माता र जी.पी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सह–निर्मातामा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सपना शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण