दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षीसँग भेटवार्ता हुन्छ : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताएका छन्।
- एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ।
- चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए।
वासिङ्टन डिसी । दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
‘हामी केही हप्तामा भेट्नेछौँ,’ फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘हामीले दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य व्यक्तिसँग पनि भेट्ने कार्यक्रम तय गरेका छौँ ।’
उनले भने, ‘राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक छ ।’ एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चिनिने चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए ।
उनले दुर्लभ खनिजहरूमा नयाँ चिनियाँ निर्यात प्रतिबन्धको ‘असाधारण आक्रामक’ जवाफमा करवृद्धिको चेतावनी जारी गरेका थिए । त्यसपछि ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न ।’
गत जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताबिचको यो पहिलो भेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण