दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु
सारांश
- दोलखाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
- घाँस काट्न जङ्गल गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेको थियो ।
- भालुको आक्रमणबाट घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर–३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई आज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो ।
जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेका प्रहरीको भनाइ छ ।
भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो । दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए । उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति रु १० लाख दिने गरिएको छ ।
यसअघि गौरीशङ्कर गाउँपालिकाका दुई जना भालुको आक्रमणबाट घाइते भएका थिए । गौरीशङ्कर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेका वन अधिकृत न्यौपानले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण