कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा बस्नेछ।
- बैठकमा नेताहरूले विभिन्न प्रस्तावहरूमाथि धारणा राख्ने क्रम जारी छ।
- शुक्रबारको बैठकमा रमेश रिजाल लगायतका सदस्यहरूले धारणा राखेका थिए।
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक सुरु हुने बताइएको छ ।
असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।
यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा। डिला संग्रौला, डा। गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा। चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका थिए ।
यसैगरी आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि बैठकमा धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण