बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)
सारांश
- कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको छ, जुन ५०० मिटर लामो छ।
- पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो र यसलाई विश्व बैंकले सहयोग गरेको थियो।
- नियमित मर्मतसम्भारको अभावमा पुल जीर्ण बन्दै गएको छ, स्थानीय बासिन्दाका अनुसार।
कैलाली। एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमुना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक बन्दै आएको छ ।
चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मङ्सिर २८ गते सम्पन्न भएको थियो ।
करिब २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर)मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इन्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।
_xwlA5PppcR.jpg)
पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । 'यो पुल निर्माण भएपछि अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन,' स्थानीय बताउँछन्।
_jSvmYMvtji.jpg)
यो पुल काठमाडौंबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाएको छ । पुलको उद्घाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो ।
_ZcO7TUVtgn.jpg)
यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभयर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पनि जोडेको छ। शब्द/तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_E3SzI2GBMd.jpg)
_q0g3vwAql5.jpg)
_ACSYLZfIp0.jpg)
_0Qn37KrVKW.jpg)
_fT4igz2rKr.jpg)
_gRsjD3o8kf.jpg)
_yrEsUlKdG0.jpg)
_5L6MmX32EP.jpg)
_ksZuyDrYDl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण