गोदावरी पुष्प मेलामा चार दिनमै १ करोड ३ लाख बढीको कारोबार, ३४ हजार बढी दर्शक
सारांश
- ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको प्रदर्शनीमा चार दिनमा १ करोड ३ लाखको कारोबार भयो।
- मेलामा ३४ हजार ८ सयभन्दा बढी दर्शकले अवलोकन गरे, जसमा शनिबार ११ हजार ५ सय दर्शक थिए।
- मेला तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको हो, जसमा ९० वटा प्रदर्शनी कक्ष छन्।
ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चौथो दिनसम्म १ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा असोज २९ गतेदेखि सुरु भएको मेलामा चार दिनको अवधिमा ३४ हजार ८ सयभन्दा बढीले अवलोकन गरेको एसोसिएसनले जनाएको छ। चौथो दिन शनिबार मात्र ११ हजार ५ सय दर्शकको उपस्थिति रहेको थियो।
शनिबार बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल र पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि मेला अवलोकन गरे।
पाँच दिनसम्म चल्ने मेलामा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन तथा १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १ सहित जम्मा ९० वटा प्रदर्शनी कक्ष छन्। मेलामा गोदावरी फूलको चार विधामा प्रतिस्पर्धा गराइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण