पोखरा महानगरले तोक्यो फूलको मूल्य
सारांश
- पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य तोकेको छ, जसले किसानलाई समर्थन गर्छ।
- ग्रेड अनुसार, फूलको मूल्य प्रति थुङ्गा २ देखि ५ रुपैयाँ र प्रति माला १ सय देखि १ सय ५० रुपैयाँ तोकिएको छ।
- पोखरामा ३०० रोपनीमा फूल खेती गरिएको छ, जसबाट ३-४ करोडको कारोबार हुने अनुमान छ।
पोखरा । पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य तोकेको छ । आफ्ना नगरभित्रका किसानले उत्पादन गरेका फूलको बजारीकरणलाई जोड दिँदै पोखराले फूलको न्यूनतम समर्थन मूल्य तोकिदिएको हो ।
पोखरा महानगरले स्थानीय स्तरमा उत्पादित फूललाई तीन प्रकारमा ग्रेडिङ गरेको छ । निर्धारित मूल्य सूची अनुसार, ‘ए’ ग्रेडको १५ देखि २० ग्राम तौलको प्रति थुङ्गा फूललाई ५ रुपैयाँ र प्रति मालालाई १ सय ५० रुपैयाँ पर्नेछ ।
यस्तै, ‘बी’ ग्रेडको १० देखि १५ ग्राम तौलको प्रति थुङ्गा फूलको मूल्य ४ रुपैयाँ र प्रति माला १ सय ३० रुपैयाँ तोकिएको छ । ‘सी’ ग्रेडको ५ देखि १० ग्राम तौलको प्रति थुङ्गा फूल २ रुपैयाँ र प्रति माला १ सय रुपैयाँ तोकिएको छ ।
तीनवटै ग्रेडका फूल प्रति केजी ३ सय देखि ४ सय रुपैयाँमा पाउन सकिने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य सङ्घ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीसँगको विस्तृत छलफलपछि मूल्य तोकिएको उनले बताए । पोखराका २५ भन्दा बढी ठाउँबाट सयपत्री फूल र माला बिक्री हुनेछन् ।
कात्तिक ३, ४ र ५ गते पोखराको बगर, महेन्द्रपुल, तालचोक, लगायतका किसान बजार र वडा कार्यालयहरूमा फूल खरिद बिक्री हुने व्यवस्था मिलाइएको छ । यसअघि महानगरले स्थानीय उत्पादन बेच्न तयार गरेको किसान बजार र कृषि उपज थोक बजारबाट फूलको बिक्री गर्ने व्यवस्था मिलाइएको कडरियाले बताए ।
यसवर्ष महानगरको सहयोगमा करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ । यसबाट ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
महानगरपालिकाले विगत तीन वर्षदेखि बीउमा अनुदान, उत्पादनको बजारीकरणमा सहजीकरण र कृषकलाई न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण