व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
सारांश
- भोजपुरको हतुवागढीका ७१ वर्षीय सकतबहादुर राईले व्यावसायिक एभोकाडो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
- उनले करिब २० रोपनी जग्गामा एभोकाडो खेती विस्तार गरी वार्षिक १० देखि १२ लाख आम्दानी गर्ने लक्ष्य राखेका छन्।
- उत्पादित एभोकाडो स्थानीय बजारका साथै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायतका सहरहरूमा बिक्री हुन्छ।
भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।
बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । “व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोग ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभाकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उनले भने । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उनले बताए ।
राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहरमा पुग्ने गरेका छन् । कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ । “बहुवर्षीय बाली विस्तार गरेमा लामो समयसम्म आम्दानी लिन सकिन्छ”, उनले भने, “बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाह गर्दा सहज रूपमा दीर्घकालसम्म आम्दान हुन्छ ।”
स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ । ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण