तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक
आइतबार, ०२ कात्तिक २०८२, १२ : १४
सारांश
- श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहारको अवसरमा दुई गीत सार्वजनिक गर्यो।
- गीतहरूमा 'लक्ष्मी पुकार' र 'देउसी भैलो' समावेश छन्, जसमा विभिन्न कलाकारहरूको योगदान छ।
- यी गीतहरूमा अर्घाखाँची, पाल्पा र गुल्मीका मौलिक लोकधुनहरू समेटिएका छन्।
काठमाडौँ । श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहारको अवसरमा नयाँ दुई गीत ‘लक्ष्मी पुकार’ र ‘देउसी भैलो’ सार्वजनिक गरेको छ । लक्ष्मी पुकारमा शब्द, स्वर र सङ्गीत शेषनारायण पोख्रेलको छ ।
‘श्रीकृष्ण लीला देउसी भैलो’मा देवी प्रसाद, चुरामणि र घनश्याम पोख्रेलको शब्द छ भने स्वर देवी प्रसाद पोख्रेलले दिएका छन् । दुवै गीतको भिडियो बनेको छ । जसको निर्देशन सुरज खनालले गरेका हुन् ।
गीतहरूमा अर्घाखाँची, पाल्पा र गुल्मीका मौलिक लोकधुन समेटिएको समाजका सदस्य कपिल पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण