अपडेट
स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, ०२ कात्तिक २०८२, १३ : १२
सारांश
- स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १५ जनाविरुद्ध १४ करोडभन्दा बढी बिगो दाबी गरेको छ।
- मिश्रा स्वास्थ्य उपकरण खरिदमा घोटालामा संलग्न भएको आरोप छ।
काठमाडौँ । स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी मिश्राविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेस गरेको हो । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण