जिल्ला अदालत धनुषाले जारी गर्यो सात जनामाथि पक्राउ पुर्जी
आइतबार, ०२ कात्तिक २०८२, १३ : २१
सारांश
- धनुषा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
- क्षीरेश्वरनाथ नगरपालिकाका सुशीलकुमार चौधरीको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
- पक्राउ पुर्जीमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको नाम पनि उल्लेख छ।
जनकपुरधाम । जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइतबार अदालतले क्षीरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका उमेश यादव, वडा नम्बर ५ का योगेन्द्र पजियार, जिवछ मण्डल, नीरज मण्डल र कमल मण्डल धानुकसहित सात जनामाथि पक्राउ पुर्जी जारी गरेको हो ।
उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दा दर्ता भएको र अदालतको आदेशअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।
पक्राउ पुर्जीमा उल्लेख रहेका योगेन्द्र पजियार नेपाली कांग्रेस धनुषाका सभापति समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण