शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

‘म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नु/नपर्नु व्यक्तिगत कुरा हो’

आइतबार, ०२ कात्तिक २०८२, १५ : १९
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफादार रहेको बताए।
  • उनले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको बताए।
  • ओलीले आफू सधैँ सत्यको पक्षमा लागि परेको र लागि रहने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफादार रहेको बताएका छन्।

जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौँमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गरे।

‘देश अनिश्चयमा गएको छ। मेरो बफदारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफदारिता छ। त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन्। मन पर्नु नपर्नु व्यक्तिगत रोजाइका कुरा हुन्,’ उनले भने।

अध्यक्ष ओलीले आफू सधैँ सत्यको पक्षमा लागि परेको र लागि रहने प्रतिबद्धता व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप