बुद्धिचाल प्रतियोगिता : ग्रायण्ड मास्टर स्मेरडोन डेभिडको एकल अग्रता
ललितपुर । नेपाल सम्बत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोट्र्स क्लबको संयोजनमा चौथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन ६ चरणको खेल सञ्चालन भएको छ ।
नेपाल, भारत र अष्ट्रेलियलियाका गरि ७८ जना खेलाडीहरू सहभागी भएको प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले एकल ५ .५ अङ्क जोडेर पहिलो स्थानमा रहन सफल भएका छन् ।
भर्खर मात्रै काजकिस्तानको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएर फर्केका युवा पुरुषोत्तम सिलवाल ५ अङ्क बनाउँदै दोस्रो स्थानमा उभिएका छन् ।
सिएम सिलवालसँगै नेपालका निकेन कुसाथाले पाँचौँ चरणमा जिएमसँग र छैटौँ चरणमा ललितपुरका सुरज महर्जन सँग बराबर गर्दै आफूले अङ्क ५ जोडेका छन् ।
समान ५ अङ्क जोडेर ललितपुरका अशोक मोहन श्रेष्ठ, दोलखाका सुमन मोक्तान र भक्तपुरका प्रेम खड्का पनि संयुक्त दोस्रो स्थानमा उभिएका छन् ।
प्रतिस्पर्धामा भक्तपुरका सुभनदीप थापा, मध्यपुर ठिमीका श्यामसुन्दर श्रेष्ठ र ललितपुरका सुरज महर्जन समान ४ अङ्क जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन् ।
यसैगरी ललितपुरका राजु ताम्राकार, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, एसियम क्रिजन महर्जन लगायत १४ जना खेलाडीहरूले संयुक्त चौथो स्थानमा पहिलो दिन अन्त्य गरेका छन् ।
हरेक वर्ष निरन्तर आयोजना हुँदै आइरहेको नेपाल भाषा खल यल फिडे र्यापिड रेटिङ प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीय ले ५ हजार लगायत दसौँ स्थान, महिला तर्फ प्रथम द्वितीय तृतीय ले क्रमशः ५ हजार ४ हजार, ३ हजार र ललितपुर प्रथम द्वितीय हुनेले कूल नगद ६० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिस्पर्धा पूर्व प्रमुख अतिथि माननीय रामकृष्ण चित्रकारले सहभागी खेलाडीहरूका लागि राज्यले उदार बजेट नीति अपनाउनुपर्ने उल्लेख गर्दै बाग्मती प्रदेश सरकारको तर्फबाट चेस खेलका लागि नगद २० लाख विनियोजित गरेको बताए ।
प्रतियोगिताका प्रमुख निर्णायक फिचर आर्बिटर सोराज ताम्राकारले अन्तर्राष्ट्रिय उच्च रेटेड खेलाडीहरू सहभागी भएको प्रतियोगितामा निर्णायक बन्नु कठिन हुने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण