जनअपेक्षा अनुरूप व्यवहारमा सुधार गर्न प्रहरीलाई आग्रह
सारांश
- प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रहरी कर्मचारीहरूलाई कार्य व्यवहारमा सुधार गर्न आग्रह गरे।
- उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूमा आत्मसमीक्षा गर्न र सुशासनका मागहरूलाई आत्मसात् गर्न आग्रह गरे।
- नवलपरासीमा प्रहरी कल्याण कोषको पेट्रोल पम्प उद्घाटन गर्दै, उनले घुसपैठ गर्नेहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।
नवलपरासी । प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले जनअपेक्षाअनुरूप कार्य व्यवहारमा सुधार गर्न प्रहरी–कर्मचारीलाई आग्रह गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गर्दै उनले आन्दोलनको जनभावनाअनुसार सुधार गर्नुपर्ने पक्षहरूलाई सुधार गर्न प्रतिबद्ध रहन निर्देशन दिएका हुन् ।
उनले भने, “जनअपेक्षाअनुरूप हामी पनि केही सुध्रनुपर्ने छ कि, हाम्रो बोली वचन व्यवहारमा सुधार ल्याई नागरिक मैत्री कार्यमा अझै कसरी अगाडि बढाउनुपर्छ भन्नेमा दत्तचित्त भएर अगाडि बढ्न आग्रह गर्दछु ।”
महानिरीक्षक खापुङले जेनजी आन्दोलनका क्रममा प्रहरी, राजनीतिकर्मी, सिंहदरबार, संसद् भवन र नगरपालिका नै किन निशानामा परे भन्ने बारेमा सबैले आत्मसमीक्षा गर्नुपर्ने बताए। “जेनजी आन्दोलनका मूलभूत मागहरू भ्रष्टाचाररहित समाज, सहज सेवा, सुशासन हाम्रा पनि माग हुन हामी सबैको माग हुन्”, उनले भने, “राज्यको उन्नति प्रगति चाहने सबैका माग हुन्, अब त्यसलाई आत्मसात् गर्नुपर्छ ।”
महानिरीक्षक खापुङले जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । राजनैतिक विषयबाहेक अन्य फौजदारी विषयमा कारबाही गरिने उनले स्पष्ट पारे । “जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने तत्त्वका विरुद्धमा छौँ”, उनले भने, “तिनीहरूलाई कारबाहीको दायरामा ल्याउँछौ, ल्याउनुपर्छ, त्यो कुरामा हामी प्रतिबद्ध छौँ, राज्य प्रतिबद्ध छ र प्रतिबद्ध हुनुपर्छ ।”
प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट जिल्लाको कावासोती नगरपालिका–२ मा निर्माण गरिएको प्रहरी कल्याण कोष नमूना पेट्रोल पम्पको उद्घाटन गरेका थिए । कुल रु १० करोड ९८ लाख बजेटमा निर्माण गरिएको पेट्रोल पम्प परिसरमा चार्जिङ स्टेसन, रिफ्रेस सेन्टर, एटिएम मेसिन, टोकन काउन्टर, वर्कसपलगायत सुविधा रहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
काठमाडौँ उपत्यकामा दुईसहित देशभर नौ वटा पेट्रोल पम्प प्रहरी कल्याण कोषले सञ्चालन गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण