नख्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ
सारांश
- सङ्खुवासभाका विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ, जो जबर्जस्ती करणी मुद्दामा दोषी थिए।
- उनी नख्खु कारागारबाट जेनजी आन्दोलनको बेला फरार भएका थिए, र लुकेर बसिरहेका थिए।
- प्रहरीले उनलाई खाँदबारी बजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान थालेको छ र उनलाई पुनः कारागार पठाउने तयारी छ।
सङ्खुवासभा। जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण