एथलेटिक्स टोली भारत जाने
सारांश
- नेपाली टोली भारतको राँचीमा आयोजना हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा भाग लिन जाँदैछ।
- २६ खेलाडी सहित ३० सदस्यीय नेपाली टोली बुधबार भारत प्रस्थान गर्ने भएको छ।
- टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे।
काठमाडौँ । दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ ।
यही अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की र अरुण महतो सहभागी हुँदैछन् ।
त्यसैगरी रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, वसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रञ्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा राकेश बज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दीपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण