जुवाको खालबाट बलात्कार र चोरीका फरार अभियुक्त पक्राउ
सारांश
- मकवानपुरको हेटौँडाबाट बलात्कार र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ परेका एक जना व्यक्ति बलात्कार मुद्दामा १० वर्ष कैद सजाय पाएका फरार अभियुक्त हुन्।
- अर्का व्यक्ति चोरी तथा डाँका मुद्दामा संलग्न रहेको खुलेको छ, उनीमाथि ५ वटा मुद्दा छन्।
हेटौँडा । मकवानपुरको हेटौँडाबाट बलात्कार र चोरीका फरार प्रतिवादी पक्राउ परेका छन् । गत असोज ३१ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ११ जनामध्ये २ जना बलात्कार र चोरीमा संलग्न फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा–१० बाट पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि अनुसन्धान गर्ने क्रममा २ जना फरार अभियुक्त रहेको तथ्य खुलेको हो ।
जसमध्ये हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ बलात्कारको घटनामा संलग्न भई अदालतले दोषी ठहर गरेको प्रवक्ता बोगटीले बताए । तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मिति २०७४ साउन ११ गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको थियो । उनी त्यसयता फरार रहँदै आएका थिए ।
यसैगरी पक्राउ परेका अर्का व्यक्ति मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार माथि चोरी र डाँका गरेको आरोप छ ।
उनीमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त महाराजगन्ज, काठमाडौँबाट गरी चोरी तथा डाँका कसुरमा ५ वटा मुद्दा चलेको अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताए ।
पक्राउ परेका अन्य ९ जनालाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ भने फरार रहेका तामाङ र दर्नाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने उनले बताए ।
प्रवक्ता बोगटीका अनुसार, असोज ३१ गते हेटौँडा–१० मा जुवातास भइरहेको सूचनाको आधारमा खटिएको टोलीले ११ बुक तास र नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण