सौगात र सृष्टि अभिनित ‘भाइरल गोर्खे’ माघ १ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ । सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासैले उडाइ लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबिचको प्रेम दर्शाउँछ ।
पोस्टरले लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ । पोस्टरमा 'फलोइङ फर यू' लेखिएको छ र मोबाइलको फ्रेमभित्र रहेका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको देखिन्छन् ।
‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको फिल्म हो । फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
एके ब्रदर कम्पनी, द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण