१२ बजे १२ समाचार: पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल, जङ्गी अड्डामा ‘सोधपुछ’
सारांश
- जनकपुरधामका ऐतिहासिक पोखरीहरू सम्बन्धित निकायको ध्यान नपुग्दा अस्तित्व गुमाउने अवस्थामा पुगेका छन्।
- जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर सोधपुछ गरेको छ।
- गृहमन्त्रीले विदेश भागेको भनेका पूर्वमन्त्री दीपक खड्का घरबाटै फेसबुक लाइभमा आएका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल
पोखरीहरूको सहर भनेर चिनिएको जनकपुरधाममा सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा थुप्रै ऐतिहासिक पोखरीहरू अस्तित्वै नै गुमाउने अवस्थामा पुगेका छन् । अहिले पनि बाँकी रहेका धेरै पोखरीहरू सरसफाइको अभावमा जीर्ण छन्, कतिपय त सुक्दै पनि गएका छन् ।
२. गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’
जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।
३. ५० ठेकेदारसँग स्पष्टीकरणसहित संशोधित कार्यतालिका मागियो
सरकारले रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रक्रिया सुरु गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक विभागअन्तर्गतका विभिन्न कार्यालयले काम नगर्ने थप ५० ठेकेदारलाई १५ दिनभित्र स्पष्टीकरणसहित संशोधित कार्यतालिका पेस गर्न भनेका छन् ।
४. विपिन जोशीको शव घरमै पुर्याइयो
प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार राति अबेर भीमदत्त नगरपालिका–३ स्थित उनकै घर पुर्याइएको छ । इजरायलबाट पठाइएको शव सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । त्यसपछि धनगढी हुँदै विपिनको शव उनकै घर पुर्याइएको हो ।
५. गृहमन्त्रीले विदेश भागे भनेका पूर्वमन्त्री खड्का घरबाटै आए फेसबुकमा लाइभ
गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको भनेका पूर्वमन्त्री दीपक खड्का सोमबार आफ्नै घरबाट फेसबुक लाइभमा आएर समसामयिक विषयमा धारणा राखेका छन् ।
६. राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन
निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नाम गरेको नयाँ दल दर्ताका लागि निवेदन पेस भएको छ ।
७. गृहमन्त्रीको बोली: कानुनभन्दा माथि छैनन् ओली
गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले पहिलाको जस्तो कानुनभन्दा माथि बस्ने छुट ओलीले अब नपाउने प्रस्ट पारे ।
८. नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई दुव्र्यवहार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एक जना अपरिचित युवकले दुव्र्यवहार गरेका छन् ।
९. बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूूजा मनाइयो
तिहार पर्व अन्तर्गत हिन्दु धर्मावलम्बीले सोमबार बिहान कुकुर तिहार मनाएका छन् । साँझ भने लक्ष्मी पूजा गरिएको छ ।
१०. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगका पदाधिकारी बर्खास्त गर्न माग
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग’का पदाधिकारीहरूलाई बर्खास्त गर्न द्वन्द्वपीडितले माग गरेका छन् ।
११. नर्सका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
१२. बाढीपहिरोले क्षतिग्रस्त इलाम
असोज १७ र १८ गते अविरल वर्षापछि आएको बाढीपहिरोले जनधनको ठुलो क्षति पुर्याएको पूर्वी पहाडी जिल्ला इलामका विभिन्न स्थानमा हामी पुग्यौं । स्थलगत अनुगमनका लागि माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ, झापा जिल्ला इन्चार्ज रञ्जित तामाङ, रमन भट्टराई, विजय किरण र म असोज २५ देखि ३० गतेसम्म इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका विभिन्न ठाउँमा पुग्यौं ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण