शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोफसलमा दर्शक भेट्न निस्किए अनमोल, आँचल र जसिता

मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : ३३
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जेरी अन टप' ले राम्रो दर्शक पाइरहेको छ।
  • फिल्म युनिटले दर्शक प्रतिक्रियाका लागि पश्चिम नेपाल भ्रमण सुरु गरेको छ।
  • अभिनेता अनमोल केसीसहितको टोलीले दाङ र नेपालगन्जमा दर्शक भेट्नेछ।

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ यतिबेला देशभर प्रदर्शनरत छ । फिल्मले प्रदर्शनको तेस्रो दिन सोमबारसम्म राम्रो दर्शक पाउन सफल भएको छ ।

यसैबिच दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट मंगलबार मोफसल टुरमा निस्केको छ । अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङसहितको टिम पश्चिम नेपाल भ्रमणमा निस्केको हो । मंगलबार दाङ र बुधबार नेपालगन्जमा फिल्म युनिटले दर्शक भेट्ने कार्यक्रम रहेको छ । 

दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने उद्देश्यले आफूहरू मोफसल यात्रामा निस्किएको अभिनेता अनमोल केसीले बताए । दर्शक प्रतिक्रियाले आगामी दिन आफूलाई अगाडि बढ्न सहज हुने उनको भनाई रहेको छ । तिहार अघि र पछि गरेर देशको सबै स्थानमा पुग्ने योजना रहेको उनले सुनाए ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, जसिता, आँचलको अलवा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप