समाचार
जनमत पार्टीद्वारा केन्द्रीय समिति अद्यावधिक
मङ्गलबार, ०४ कात्तिक २०८२, १५ : १८
सारांश
- जनमत पार्टीले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरेको छ।
- पार्टीबाट राजीनामा दिएका र कारबाहीमा परेका नेताहरू बाहिरिएपछि कार्यसमिति अद्यावधिक गरिएको हो।
- केन्द्रीय सदस्यमा केही नेताहरू थपिएका छन्, तर पदाधिकारीहरू थपिएका छैनन्।
काठमाडौँ । जनमत पार्टीले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरेको छ। पार्टीबाट राजीनामा दिएका तथा कारबाहीमा परेका नेताहरू बाहिरिएपछि कार्यसमितिलाई अद्यावधिक गरिएको हो। केन्द्रीय सदस्यमा केही नेताहरू थप गरिएको छ तर पदाधिकारीहरू थपिएका छैनन्।
यसअघि पार्टीका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलगायतका नेताहरूले राजीनामा दिएका थिए भने उपाध्यक्ष ई.दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र सचिव वीपी साहलगायतका नेताहरूलाई कारबाही गरी निकालिएको थियो। उनीहरूलाई पार्टीको केन्द्रीय समितिको नामावलीबाट हटाएर अद्यावधिक गरिएको छ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार अद्यावधिक गरिएका पदाधिकारीहरूको वरियताक्रम यसप्रकार रहेको छ:
- केन्द्रीय अध्यक्ष: डा. सिके राउत
- उपाध्यक्ष: ई. वसन्त कुशवाहा, ई. नरेन्द्र चौधरी, नरसिंह चौधरी, दान बहादुर चौधरी, डा. जयकान्त राउत
- महासचिव: चन्दन सिंह
- उपमहासचिव: ई. इन्द्रजीत यादव
- सचिव: अनिता मण्डल, अनिता देवी साह, भोपेन्द्र यादव, राधा यादव, संजय यादव, हेमलाता रजक र बाल गोविन्द चौधरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण