भैरहवा मेडिकल कलेजमा नर्सहरूको आन्दोलन : बिरामीलाई अप्ठ्यारो
सारांश
- भैरहवा मेडिकल कलेजका नर्सिङ स्टाफले नेपाल सरकारले तोकेको तलब र अन्य सुविधाको माग गर्दै आन्दोलन जारी राखेका छन्।
- नर्सिङ कर्मचारीहरूले तलब, भत्ता, करार नियुक्ति र अनुभव पत्र लगायतका मागहरू राखेका छन्, तर आपत्कालीन सेवा भने सुचारु छ।
- स्वास्थ्य मन्त्रालयको परिपत्र अटेर गरेको भन्दै नर्सिङ संघले आन्दोलन घोषणा गरेको छ, जसले बिरामीहरूलाई समस्या भएको छ।
बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले आज पनि आन्दोलन जारी राखेका छन् । आइतबार आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले कलेज परिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गरेका छन् । नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै उनीहरुले शुक्रबार मेडिकल कलेज प्रशासनलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसलगत्तै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनमा उत्रिए पनि इमर्जेन्सी, डायलिसिस सेवा, आइसीयु, सीसीयु जस्ता वार्डहरूको सेवा भने नरोकिएको उनीहरुले बताएका छन् । सरकारले असङ्गठित र अदक्ष श्रमिकहरूका लागि न्यूनतम १९ हजार पाँच सय ५० रुपैयाँ पारिश्रमिक तोके पनि अस्पतालले आफूहरूलाई अदक्ष कामदारको भन्दा न्यून तलब दिएर काममा लगाएको गुनासो उनीहरुले गरे ।
स्वास्थ्य मन्त्रालयले २०८१ साल मङ्सिर २७ गते निजी अस्पतालमा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पनि सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन भन्दै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरोको थियो। उक्त निर्णयलाई अस्पतलाहरुले अटेर गरेपछि उनीहरुले देशभर आन्दोलन घोषणा गरेका थिए ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका सूचना अधिकारी सुशील गुरुङले केन्द्रीय नर्सिङ्ग संघले चरणबद्ध आन्दोलन घोषणा गरेर आइतबारदेखि काम बन्द गर्दा बिरामीहरूलाई अप्ठ्यारो परेको रातोपाटीलाई बताए ।
तिहारमा ओपिडी कक्ष बन्द रहे पनि इमरजेन्सी र भर्ना भएका बिरामीहरू हेर्न समस्या भएको खुलाए । यो अस्पतालमा लुम्बिनी प्रदेशका १२ जिल्लाका बिरामीहरू आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण