बेवारिसे अवस्थामा गोली बरामद, फरार कैदी पक्राउ
सारांश
- भक्तपुर प्रहरीले लोकन्थलीमा बेवारिसे अवस्थामा गोली फेला पारेको छ।
- प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार कैदीलाई चाँगुनारायणबाट पक्राउ गरेको छ।
- जबर्जस्ती करणी मुद्दाका फरार कैदीलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ।
भक्तपुर । जिल्ला प्रहरी परिषर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राईफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
त्यसैगरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौँबाट फरार भएका कैदीलाई प्रहरीले चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट पक्राउ गरेको छ ।
जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका–१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले पक्राउ गरी आज जगन्नाथदेवाल कारागार, काठमाडौँ पठाएको प्रहरी नायब उपरीक्षक जबेगुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण