विद्याको घर जलाउने थेबे युवा सङ्घमा नरहेको दाबी
बुधबार, ०५ कात्तिक २०८२, १५ : ३७
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउन संलग्न रहेको भनिएका सोनम थेबे राष्ट्रिय युवा सङ्घ नेपालमा कहिल्यै पनि नभएको सङ्घले दाबी गरेको छ ।
थेबे जेनजी आन्दोलनका क्रममा भण्डारीको घर जलाउन सहभागी भएको भन्दै पक्राउ परेका थिए ।बुधबार युवा सङ्घका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गरी थेबे राष्ट्रिय युवा सङ्घमा कहिल्यै नरहेको स्पष्ट पारेका हुन् ।
‘उक्त घटनामा संलग्न भनिएको व्यक्ति सोनम थेबे राष्ट्रिय युवा सङ्घ नेपालको कुनै पनि तहको जिम्मेवारीमा हालसम्म नरहेको स्पष्ट गर्न चाहन्छाैँ । यस प्रकारका सूचना र प्रचार प्रसारले सङ्गठनको छविलाई बदनाम गर्ने प्रयास भएको हामी ठहर गर्दर्छाैँ’पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण