काठमाडौँ । नेवार समुदायको परम्परागत र मौलिक चाडका रूपमा मनाइने म्ह:पूजा आज विधिपूर्वक सम्पन्न गरिएको छ।
_j2N1rdg6Nt.jpg)
नेपाल भाषामा 'म्ह' को अर्थ शरीर हुन्छ, त्यसैले म्ह:पूजाको अर्थ आफ्नो शरीरको पूजा भन्ने लाग्दछ। आफ्नो शरीरलाई आफैले पूजा गर्ने यो संस्कृतिलाई कतिपयले आत्माको पूजा पनि भन्ने गर्छन्।
_jSmgK1xhIZ.jpg)
मध्यपुर थिमिका धर्मसुन्दर बज्राचार्यका अनुसार, म्ह:पूजाको दिन केवल शरीरको पूजा मात्र नभई दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्रीहरू जस्तै कुचो, गाग्री, नाङ्लो लगायतका सामग्रीहरूको पनि पूजा गर्ने प्रचलन रहेको छ।
म्ह:पूजा गर्दा सबैभन्दा पहिले आफू बस्ने आसनको अगाडि एउटा मन्दः (मण्डल) बनाउने गरिन्छ। व्यक्तिलाई गरिने सम्पूर्ण पूजाहरू यही मन्दःमा गर्ने गरिन्छ।
_90wQWXlVSa.jpg)
मन्दः बनाउँदा त्यसमा जीवनका विभिन्न अवस्थाहरूको प्रतीकस्वरूप पानीको चक्का र तेलको चक्का बनाइन्छ। म्ह:पूजा गर्दा मानिसको जीवनमा अन्धकार नाश होस् भन्ने कामनासहित लामो इताः मत (जसलाई खेलुइताः भनिन्छ) बाल्ने गरिन्छ।
_ebMHFmOlnS.jpg)
यसैगरी, नेवार समुदायका बौद्ध धर्मालम्बीहरूले पूजाका क्रममा विशेष स्वस्ती पाठ गर्ने चलन पनि रहेको छ।
_IHHMdRxDQ4.jpg)
_v2gnMlPXTt.jpg)
_rdQYXBB0Uc.jpg)
_LWKahJU7ER.jpg)
_eFjo6slXqR.jpg)
_K1vfJuRIi8.jpg)
_5I7VjAJIGr.jpg)
_eRG965rsjK.jpg)
_8pg4lzJr3T.jpg)
_g8ibE4qmme.jpg)
_IyS4IFsPRL.jpg)
_MvTglrZTW2.jpg)
_VAHwUH4KF5.jpg)
_qZbe0fDM08.jpg)
_YDvLH3ia4y.jpg)
_AlzLMgwxfU.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया