गार्डनरको कीर्तिमानी शतक, अस्ट्रेलिया शीर्ष स्थानमा
सारांश
- इन्दौरमा भएको खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ६ विकेटले हरायो, यो विश्वकपको पाँचौँ जित हो।
- इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै २४४ रन बनायो, जसमा ट्यामी ब्यूमोन्टको ७८ रनको योगदान रह्यो।
- अस्ट्रेलियाले २४५ रनको लक्ष्य पछ्याउँदै एनाबेल सदरल्यान्ड र एश्ले गार्डनरको उत्कृष्ट प्रदर्शन गर्यो।
इन्दौर । भारतको इन्दौरमा बुधबार भएको महिला एकदिवसीय विश्वकप २०२५ को खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पाँचौँ जित दर्ता गरेको छ।
यो जितसँगै अस्ट्रेलिया अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ, जबकि इंग्ल्यान्ड यस सिजनमा पहिलो हारका बाबजुद ९ अंकसहित तेस्रो स्थानमा छ।
होलकर स्टेडियममा पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ट्यामी ब्यूमोन्टले ७८ रनको अर्धशतकीय पारी खेलिन्। अस्ट्रेलियाका लागि तीव्र गतिकी बलर एनाबेल सदरल्यान्डले ३ तथा सोफी मोलेनिक्स र एश्ले गार्डनरले २-२ विकेट लिए।
२४५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुवात भने खराब रह्यो। २४ रनमा ३ विकेट गुमाएको अवस्थाबाट एनाबेल सदरल्यान्ड र एश्ले गार्डनरले टिमलाई सम्हाले। गार्डनरले मात्र ६९ बलमा कूल १०४ रन बनाइन् । उनले विश्वकप इतिहासमा सबैभन्दा कम बलमा शतकको कीर्तिमान पनि बनाइन्।
सदरल्यान्डले पनि ११२ बलमा ९८ रन बनाएर नटआउट रहिन्। यी दुई खेलाडीले पाँचौँ विकेटका लागि १८० रनको कीर्तिमानी साझेदारी गरे।
अस्ट्रेलियाले मात्र ४ विकेट गुमाएर ४१औँ ओभरमै लक्ष्य हासिल गर्यो। इंग्ल्यान्डका लिन्सी स्मिथले २ विकेट लिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण