पुटिनलाई छाडेर अब सीलाई भेट्दैछन् ट्रम्प
बिहीबार, ०६ कात्तिक २०८२, १० : ४६
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलन रद्द गरे।
- ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने घोषणा गरेका छन्, जुन दक्षिण कोरियामा हुनेछ।
- ट्रम्पले सीसँगको भेट लामो हुने र दुई देशबीचका महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रस्तावित शिखर सम्मेलन रद्द गरेर अब चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने घोषणा गरेका छन्।
बुधबार मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘यो (पुटिनसँगको बैठक) ठिक लागेन। हामीले जुन बिन्दुमा पुग्नु पर्थ्यो, त्यहाँ पुग्न सक्षम हुनेछैनौँ जस्तो लाग्यो, त्यसैले मैले यसलाई रद्द गरेँ।’ उनले आफूले बेकारको बैठक गर्न नचाहेको पनि बताए।
आफ्नो आगामी कूटनीतिक भ्रमणको घोषणा गर्दै ट्रम्पले भने, ‘अर्को हप्ता हामी मलेसिया, दक्षिण कोरिया र जापानको यात्रा गर्दैछौँ। दक्षिण कोरियामा, म चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछु।’
उनले सीसँगको भेट लामो हुने तालिका रहेको र दुई देशबिचका धेरै प्रश्नहरू, चासोहरू र महत्त्वपूर्ण मुद्दाहरूमा सँगै काम गर्न सक्षम हुने आशा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण