मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी
सारांश
- मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
- लोसपा सहित पाँचदलीय गठबन्धनले छठपछि विश्वासको मत लिने र त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ।
- जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले मन्त्रालयको टुङ्गो लगभग लागिसकेको बताए।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित पाँचदलीय गठबन्धनले छठपछि विश्वासको मत लिने र त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको हो।
गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा एकीकृत समाजवादीका कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।
शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको पाँचदलीय बैठकपछि मुख्यमन्त्री सोनलले आज बिहान रातोपाटीसँग कुरा गर्दै भने, ‘छठपछि विश्वासको मत लिनेछु। संविधानले दिएको ३० दिनभित्र नै विश्वासको मत लिने तयारी भइसकेको छ।’
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई र नेकपा एकीकृत समाजवादीका मन्त्री कनिष पटेलले पनि छठ पर्वको लामो बिदाका कारण प्रक्रिया ढिलो भएको र छठपछि विश्वासको मत लिनेमा ढुक्क हुन आग्रह गरेका छन्।
जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले भने, ‘हाम्रो मन्त्रालयको टुङ्गो लगभग लागेको छ, अब मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेको छ ।’
हालको गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन रहेको छ। १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ।
पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी फुटाएर स्वराज पार्टीमा सनाखत गरे पनि सर्वोच्च अदालतले जनमत पार्टीको विभाजनमा रोक लगाएकाले उनीहरूलाई जनमतकै ह्विप लाग्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
-
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
-
विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ
-
स्वास्थ्य बीमा ऐन संशोधन हुँदै, आधारभूत सेवालाई बीमाबाट अलग गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण