समाचार
अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते
शनिबार, ०८ कात्तिक २०८२, १४ : ०१
बुटवल । अर्घाखाँचीबाट बुटवल आउँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर र अन्य ८ जना सामान्य घाइते भएका छन्।
अर्घाखाँची मालारानी–१ का ७० वर्षीय भोजराज भुसालको छाती र ढाडमा चोट लागेकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
उक्त गाडीमा चालकसहित १५ जना सवार थिए। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण