पोखराका ३ ठाउँमा छठ पूजा हुने
सारांश
- पोखराका विभिन्न स्थानमा छठ पूजाको तयारी भइरहेको छ, जसमा सरसफाइ र रंगरोगनको काम भइरहेको छ।
- यस वर्ष पोखरामा लगभग ७०० व्रतालु र १०,००० भक्तजन सहभागी हुने अनुमान छ, जसमा पहाडी क्षेत्रका मानिसहरूको पनि सहभागिता रहनेछ।
- छठ पर्वको व्यवस्थापनका लागि छुट्टाछुट्टै समूहले काम गरिरहेका छन्, र पूजाको विधि अनुसार कार्तिक महिना लागेपछि सम्पर्क गर्नुपर्नेछ।
पोखरा । पोखराका विभिन्न तीन ठाउँमा छठ पूजाको तयारी गरिएको छ । पर्यटकीय क्षेत्र लेक साइडको केदारेश्वर मन्दिर नजिक फेवाताल, नदीपुरको नारायणस्थान मन्दिर छेउ रहेको सेती नदी तट र भद्रकाली नजिक रहेको ताल किनारमा छठको घाट निर्माण गरिएको हो ।
अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको केदारेश्वरमा छठ पूजा व्यवस्थापनको संयोजन गरिरहेका भुनेश्वर कुमारले जानकारी दिए । ‘घाटहरू सफा गरिसकेका छौँ । रंगरोगनको काम भइरहेको छ,’ उनले भने ।
यसपालि पोखरामा मात्रै झन्डै ७ सय हाराहारी व्रतालु र १० हजार जति भक्तजन सहभागी हुने अनुमान छ । पछिल्लो समय पहाडी क्षेत्रकै नागरिकहरूमा पनि छठको राम्रो प्रभाव छ ।
‘यो पर्व हाम्रो एउटा तराईको मात्रै नभएर यो विश्वको उत्सव पर्व हो,’ कुमार भन्छन्– ‘त्यही भएर पोखरामा पनि पहाडिया दिदी बहिनीहरू पनि उल्लेख्य रूपमा सहभागी हुनुहुन्छ ।’
गत वर्ष पोखराका मात्रै १६ जना भन्दा बढीले व्रत लिएका थिए । प्रत्येक घाटमा २ सय भन्दा बढी व्रतालु र ३ हजार भन्दा बढी दर्शनार्थी र भक्तजन सहभागी हुन्छन् । केदारेश्वरमा विदेशी पर्यटकहरू समेत आउने अनुमान गरिएको छ । विगत वर्षभन्दा अहिले अझै धेरै भक्तजन घाटसम्म पुग्नेछन् । छठी घाट व्यवस्थापनका लागि छुट्टाछुट्टै समूहले काम गरिरहेको छ ।
छठ पर्वलाई सम्पूर्ण मानव जातिको कल्याणको लागि गरिने पूजाको रूपमा लिइएको छ । छठमा हुने खर्च व्रतालु र दर्शनार्थीबाट उठाइएको सहयोगबाट जुटाइने कुमारले बताए । पूर्व तयारी नगरी एकै पटक घाटमा पुगेर अर्घ दिन भने मिल्दैन ।
‘कतिपय सीधै घाटमा आएर अर्घ दिन्छु भन्नुहुन्छ । पूजा गर्न पाइन्छ तर अर्घ दिने विधि छ,’ संयोजक कुमारले अघि भने, ‘त्यसका लागि तिथिका हिसाबले कार्तिक लाग्ने बित्तिकै सम्पर्क गर्नुपर्छ । हामीसँग समन्वय नगरीकन अर्घ दिन मिल्दैन । यसको विधि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण