रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन : तोसिमा कार्की
सारांश
- डा. तोसिमा कार्कीले रवि लामिछानेको विकल्प खोज्न पुनर्गठनको एजेन्डा नउठाएको बताइन्।
- उनले पार्टी यथास्थितिमै रहे ठूलो पार्टी बन्न नसक्ने र पुनर्गठन आवश्यक रहेको बताइन्।
- कार्कीले पार्टी पङ्क्तिलाई आफूमाथि निरन्तर आरोप नलगाउन आग्रह गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्पका लागि पुनर्गठनको एजेन्डा नउठाएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले सो कुराको जानकारी दिएकी हुन् ।
नेतृ कार्कीले पार्टी अहिलेको यथास्थितिमै चलिरहने हो भने चाहेर पनि मेजर पार्टी बन्न नसक्ने दाबी समेत गरेकी छन् । उनले रास्वपा ठुलो हृदय लिएर एउटा प्लेटफर्म लिएर अघि बढ्नुपर्ने बताउँदै भनेकी छन्– ‘ ‘कृपया रवि लामिछानेको विकल्प खोजेर यस्तो भनिएको हो भन्ने कसैले नभनौँ ।’
कार्कीले निरन्तर विभिन्न आरोप लगाएर आफूमाथि आक्रमण नगर्न पार्टी पङ्क्ति लगायतलाई आग्रह समेत गरेकी छन् ।
‘म आफ्नो पेसा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनाएर आएको मान्छे हुँ । मैले उठाएको पुनर्गठनको एजेन्डा व्यक्ति विरुद्धको होइन,’ उनले भिडियो सन्देशमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण