छठ पर्वलाई मध्यनजर गर्दै सिराहामा विशेष सुरक्षा योजना
सारांश
- सिराहा प्रहरीले छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाएको छ।
- पर्वको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ।
- जिल्लाभरि ६ सय ५० नेपाल प्रहरी र ३ सय सशस्त्र प्रहरी परिचालन गरिनेछ।
सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्माले जानकारी दिए ।
एसपी शर्माका अनुसार तराइको महत्त्वपूर्ण पर्वलाई लक्षितगरी विशेष सुरक्षा सतर्कता अपनाइएको छ । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट ६सय ५० जना नेपाल प्रहरी र तिन सय जना सशस्त्र खटाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिराहाका सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी सुनिल गिरिले जनाएका छन् ।
प्रत्येक छठका घाटहरूमा प्रहरी परिचालन गरिने जनाएको छ । सिराहामा तीनसय ६४ स्थानमा छठका घाटहरू रहेकाले ती सबै ठाउँमा प्रहरी परिचालन गरिने जनाएको छ ।
चाड पर्वको वेला महिलामाथि दुर्व्यवहार र लुटपाटको घटना हुनसक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जनाएको छ । सबै घाटहरूमा सादा पोसाकका प्रहरी पनि पर्याप्त मात्रामा परिचालन गरिएको सिराहाका प्रहरी प्रमुख अनन्त राम शर्मा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण