प्रधानमन्त्रीकाे सचिवालयले भन्यो– ‘खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा थिएनन्’
सारांश
- मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलेपछि प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ।
- सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ।
- दैलेखका सुनारविरुद्ध स्वास्थ्यकर्मीमाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
काठमाडौँ । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले यसबारे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको हो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सुनार मन्त्रीको लिस्टमा समावेश नै नरहेको रातोपाटीलाई बताए । यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू आएका थिए । तर, शपथ ग्रहणको पूर्व सन्ध्यामा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।
दैलेखको नारायण नगरपालिका–२ घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेको कसुरमा मुद्दा दर्ता भएको थियो । यो मुद्दा गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटाको जाहेरीको आधारमा अगाडि बढेको थियो ।
अदालतको अभिलेख अनुसार २०८१ असार १४ मा दायर भएको उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो ।
पछि २०८१ मङ्सिर २१ मा पनि उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पुनः पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण