नागरिक अधिकारको सम्मान गर्न आयोगको आग्रह, प्रदर्शनमा संयमता अपनाउन सुझाव
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले देशमा हुन लागेको प्रदर्शनबारे ध्यानाकर्षण जनाएको छ र संयमित रहन आग्रह गरेको छ।
- आयोगले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न र राज्यलाई जिम्मेवार हुन आग्रह गरेको छ।
- आयोगले विगतका हिंसात्मक आन्दोलनलाई स्मरण गर्दै आगामी प्रदर्शन शान्तिपूर्ण बनाउन सरकार र प्रदर्शनकारीलाई जिम्मेवार रहन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन लागेको प्रदर्शनबारे गम्भीर ध्यानाकर्षण जनाउँदै नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने, सभासम्मेलन गर्ने र आफ्ना माग राख्ने हरेक नागरिकको अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुने उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने तथा आफ्ना माग राख्ने अधिकार नागरिकको मौलिक हक हो। यस अधिकारको सम्मान र उपभोगको सहज वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो।'
आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपालको संविधानले नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको स्मरण गराउँदै, प्रदर्शनको क्रममा नागरिक अधिकारमा अवरोध नआओस् भनी सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विगतका केही आन्दोलनहरू हिंसात्मक बन्न पुगेको उदाहरण दिँदै आगामी प्रदर्शनहरू शान्तिपूर्ण बनाउन सरकार र प्रदर्शनकारी दुवै जिम्मेवार हुनुपर्ने उल्लेख छ ।
सुरक्षा निकायलाई संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपनाउन आग्रह गर्दै आयोगले प्रदर्शनरत पक्षलाई पनि घृणायुक्त वा उत्तेजनापूर्ण अभिव्यक्ति नदिन, कानूनी सीमाभित्र रहेर माग राख्न सुझाव दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण