पहिलो त्रैमासमाः ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात
सारांश
- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात र निर्यात दुवै बढेको छ।
- पहिलो त्रैमासमा आयात १९.७९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले वृद्धि भएको छ।
- समीक्षा अवधिमा व्यापार घाटा झन्डै १३ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब पुगेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो ।
२०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.व.को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।
पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।
चालु आ.व.को समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण