खगेन्द्र सुनार विद्युतीय कारोबार कसुरमा पनि प्रतिवादी
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार विद्युतीय (इलेक्ट्रिक) कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी रहेको भेटिएको छ ।
उनी विरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलिरहेको भेटिएको हो । उनीविरुद्ध मनिषा गौतमले जाहेरी दिएकी थिइन् ।
काभ्रे जिल्ला अदालतबाट जारी भएको ७ दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन २०८२ साउन ५ मा अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो ।
सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको थियो । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका मुद्दामा सुनार अदालतमा हाजिर भएर साधारण तारेखमा छुटेको भेटिएको छ ।
जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार सुनार २०८१ चैत १२ मा अदालतमा हाजिर भएर छुटेका हुन् । उनले भने, ‘उहाँ हाजिर भएर साधारण तारेखमा छुट्नुभएको देखिन्छ ।’
सुनार सुर्खेत जिल्ला अदालतमा तारेखमा छन् । उनीविरुद्धको मुद्दाको अन्तिम फैसला भैसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण