आगामी निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न उपसभामुख रानाको आग्रह
सारांश
- उपसभामुख इन्दिरा रानाले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिकरणको अवसरको रुपमा उपयोग गर्न आग्रह गरिन्।
- छठ पर्वको अवसरमा उनले सबैमा हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्यको संरक्षण गर्नुपर्ने बताइन्।
- उनले नेपालको विविधतालाई सम्मान गर्दै सबै नागरिकबीच एकताको भावना स्थापना गर्नुपर्ने कुरामा जोड दिइन्।
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न आग्रह गरेकी छन् । उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो आग्रह गरेकी हुन् ।
उनले भनिन्, “छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने सङ्कल्प लिनुपर्छ ।”
नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उनले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताइन् । नेपालको संविधानले यस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात् गर्दै सबै नागरिकबिच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामुख रानाको भनाइ छ ।
पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्दै सूर्य देवताको आराधना गर्ने यो पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर प्रकृति, जीवन र श्रमप्रति आस्था प्रकट गर्ने हाम्रो मौलिक सांस्कृतिक परम्पराको प्रतीक हो । छठ पर्वले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा प्रकाश, आशा र सकारात्मक ऊर्जा भर्ने पर्व हो ।
सन्देशमा भनिएको छ, “छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्, राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण