सुडानको गृहयुद्धमा नयाँ मोड : विद्रोही आरएसएफद्वारा पश्चिमी मुख्य सहर कब्जा
सारांश
- आरएसएफले पश्चिमी सहर एल फाशेर नियन्त्रणमा लिएको घोषणा गर्यो, जसलाई गृहयुद्धमा महत्त्वपूर्ण मोड मानिएको छ।
- आरएसएफले सेनाको छैटौँ डिभिजनको मुख्यालय कब्जा गरेको र ठुला सैन्य गाडीहरू नष्ट गरेको जनाएको छ।
- एल फाशेरको नियन्त्रण गुमाउनु सुडानी सेनाका लागि ठुलो धक्का हो, किनकि डार्फर क्षेत्रमा सेनाको अन्तिम पकड यही थियो।
खारतुम । सुडानको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले पश्चिमी सहर एल फाशेर आफ्नो नियन्त्रणमा लिएको बताएको छ । यसलाई गृहयुद्धमा एउटा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
आरएसएफले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै एल फाशेरलाई ‘आतङ्कवादी सेनासँग मिलेका भाडाका सिपाही र मिलिसियाहरूको कब्जाबाट’ मुक्त गरेको उल्लेख गरेको छ ।
यो सहरको नियन्त्रण गुमाउनु सुडानी सेनाका लागि ठुलो धक्का हुनेछ किनभने डार्फर क्षेत्र मा यो नै सेनाको अन्तिम महत्त्वपूर्ण पकड थियो । यससँगै आरएसएफको उक्त क्षेत्रमा लगभग नियन्त्रण कायम भएको छ । सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
आरएसएफले सेनाको छैटौँ डिभिजनको मुख्यालय कब्जा गरेको घोषणा गरेपछि यो खबर आएको हो । आरएसएफले ‘ठुला सैन्य गाडीहरू’ नष्ट गरेको र सैन्य उपकरणहरू नियन्त्रणमा लिएको बताएको छ । बीबीसी भेरिफाईले सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूको प्रामाणिकता पुष्टि गरेको छ, जसमा आरएसएफका लडाकुहरू सेनाको आधार शिविरभित्र देखिएका छन् ।
स्थानीय सेना समर्थक लडाकुहरू, पपुलर रेसिस्टेन्स ले भने आरएसएफमाथि सेनाको उच्च मनोबल कमजोर पार्न मिडियामा गलत सूचना फैलाउने अभियान"चलाएको आरोप लगाएका छन् ।
आरएसएफले विगत १८ महिनादेखि एल फाशेरलाई घेरेको थियो । यस क्रममा सेनाका अड्डाहरू र सर्वसाधारणहरूमाथि लगातार बमबारी भइरहेको थियो । अनुमानित ३ लाख मानिस यस भिडन्तमा फसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण